समाज


वृषलाई एकपछि अर्को अवसर, मकरको उपलब्धि गुम्ने खतरा, तपाईँको के? हेर्नुस् ७ पुसको राशिफल

वृषलाई एकपछि अर्को अवसर, मकरको उपलब्धि गुम्ने खतरा, तपाईँको के? हेर्नुस् ७ पुसको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
पुस ७, २०८१ आइतबार ४:४६, काठमाडौँ

आज आइतबार, ७ पुस २०८१ (२२ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: सुखदुख बराबरी खालको दिन छ। सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला। आँटेको काममा सफलता नमिल्न सक्छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ तर अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५४, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। तामसीक भोजन नगर्ने।  

वृष: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। विद्या र बुद्धिको विकास हुनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने। 

मिथुन: महत्त्वपूर्ण कामको थालनी हुनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। शुभ समाचार सुन्न पाइएला। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५६, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने। 

कर्कट: लाभदायक यात्रा रहनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।  

सिंह: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुनसक्छ। दैनिक व्यवहारमा खर्च बढ्नेछ। स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ। साँझमा कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। झुट नबोल्ने।

कन्या: नयाँ काम सुरु गर्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ। बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। न्यायीक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।

तुला: सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७० र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक: सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने। लगानीमा रहेको रकम फिर्ता आउनसक्छ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

धनु: रोकिएका काम पुनः सुरु हुन सक्छन्। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: लगनशीलताको कमीले उपलब्धि हातपार्न नसकिएला । वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। जे काम गर्नुहुन्छ होसियारपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार भने मिल्नेछ भने प्रेमीसँगको सम्बन्ध यथावत रहनेछ।

भाग्यशाली रङ खैरो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७७, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ८० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।  

कुम्भ: धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्त्वमा निखारता ल्याउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ।

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६०प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। लामो समय पछि आफन्तसँग भेटघाट हुनेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। प्रेमी प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा पनि चल्नेछ।        

भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ८०, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई सहयोग गर्ने। निलो रङको प्रयोग नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad