समाज


काठमाडौँ महानगरको ५ महिने प्रगति– ३७.३० किलोमिटर सडक कालोपत्रे

काठमाडौँ महानगरको ५ महिने प्रगति– ३७.३० किलोमिटर सडक कालोपत्रे

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १६:३३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ३७.३० किलोमिटर सडक कालोपत्रे गरेको छ।४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गर्दा यति काम हुन सकेको महानगरको भनाइ छ। 

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शुक्रबार बजेट तर्जुमा समितिको बैठकमा महानगरको प्रगति विवरण सार्वजनिक गरेकी हुन्। नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको महानगरले जनाएको छ।

सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको, १.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको समेत महानगरले जनाएको छ।

यो अवधिमा करिब ८८ करोड रुपैयाँको काम सम्पन्न भएको र ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको समेत महानगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad