राजनीति


नेपालको ऊर्जा, पूर्वाधार विकास, कृषिमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह

नेपालको ऊर्जा, पूर्वाधार विकास, कृषिमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १६:४२, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आह्वान गरेकी छन्।

शुक्रबारबाट ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) पछि कुरा गर्दै उनले यस्तो आह्वान गरेकी हुन्।

नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरिन्। उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन्।

उनले नेपाल र भारतबीचको सम्बन्ध पुरानो र धेरै राम्रो रहेको उल्लेख गरिन्।

उनले नेपालका लागि भारत धेरै नै महत्वपूर्ण रहेको भन्दै नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध रहेको बताइन्।

मन्त्री राणाले उनले सामाजिक संस्कार, संस्कृति मात्रै नभइ व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध रही आएको बताइन्।

उनले भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो छ । नेपालका लागि भारत धेरै नै महत्वपूर्ण छ। नेपाल र भारतबीचको सम्बन्ध धेरै नै पुरानो हो। सामाजिक संस्कार, संस्कृतिले मात्रै होइन, व्यापार, व्यवसायमा पनि नेपाल र भारतबीच धेरै ठूलो सम्बन्ध छ। नेपाल र भारतबीच नागरिक नागरिकबीचको सम्बन्ध पनि धेरै नै महत्वपूर्ण छ।’

नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको परराष्ट्रमन्त्री राणाको भनाई थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad