समाज


पोखरामा लुटपाट गर्ने तीनजना पक्राउ

पोखरामा लुटपाट गर्ने तीनजना पक्राउ

नेपालखबर
पुस ४, २०८१ बिहिबार २२:६, काठमाडौँ

कास्कीको पोखरामा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

मंसिर २३ गते राति १२ बजेतिर पोखरा महानगरपालिका ३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षका वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारी मानिसहरुले धारिलो हतियार (खुकुरी) देखाई चोरी गरेका थिए।

वेदुनाथकी पत्नीलाई कुटपिट तथा लछारपछार गरी उनले लगाएका सुनका औँठी र कानमा लगाएका रिङ चोरेर फरार भएको आरोपमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो।

चोरीको आरोपमा तनहुँ रिसिंङ गाउँपालिका २ काउँशिवपुर घर भई हाल पोखरा महानगरपालिका १५ रामबजार बस्ने ३७ वर्षका मोहन भन्ने मधु सिंङ थापा मगर, बाग्लुङ बाङ्गादोबान गाउँपालिका ३ तमान घर भई हाल पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने ३८ वर्षका प्रकाश थापा र रोल्पा थवाङ गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने ३२ वर्षका गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

घटनामा प्रयोग भएका २ थान खुकुरी सहित बिहीबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद लिएर अनुसन्धान थालिएको पनि कास्की प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad