समाज


पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीले माउतेलाई नै आक्रमण गर्‍यो

आक्रमण गर्ने हात्ती नियन्त्रणमा
पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीले माउतेलाई नै आक्रमण गर्‍यो

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८१ बिहिबार ११:४५, हेटाैँडा

पर्सा राष्ट्रिय निकुञ्जमा पालिएको एटा घरपालुवा हात्तीले माउतेलाई नै आक्रमण गरेको छ। 

निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट एकजना माउते घाइते भएका हुन्। 

पर्सा राष्ट्रिय निकुञ्ज पर्ने मकमवानपुरको मनहरी गाउँपालिका–६ स्थित सबुज गणको पोष्टमा पालिएको हात्तीलाई दाना खुवाउने क्रममा बुधबार दिउँसो ४ बजेतिर हात्तीको आक्रमणबाट माउते घाइते भएका हुन्। 

घाइते हुनेमा सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी २५ वर्षीय मनिष चौधरी रहेका प्रहरीले जनाएको छ।

हात्तीलाई दाना–पानी खुवाउने क्रममा चौधरीलाई हात्तीले आक्रमण गरेको हो। अकस्मात हात्तीले सुडले प्रहार गर्दा उनको शरीर र कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

घाइते चौधरीलाई तत्काल चितवनको पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ। उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
 
माउतेलाई आक्रमण गर्ने हात्तीलाई घटनास्थलमै बाँधेर राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad