बागमती


सतुंगलमा १७ वर्षीया किशोरीको हत्या आरोपमा खड्कागाउँबाट २४ वर्षीय युवक पक्राउ

नैकापको विष्णुदेवी शिक्षा सदनमा कक्षा १० मा पढ्थिन् सरिता
सतुंगलमा १७ वर्षीया किशोरीको हत्या आरोपमा खड्कागाउँबाट २४ वर्षीय युवक पक्राउ

सरिताको हत्या आरोपमा पक्राउ परेका विश्वास तामाङ


नेपालखबर
पुस ४, २०८१ बिहिबार ११:५५, काठमाडौँ

धादिङको गजुरी गाउँपालिका वडा नं. ४ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगल खरिबोटमा डेरामा बस्ने १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत मंसिर २९ गते रातिदेखि सम्पर्कविहीन सरिता खोजतलासका क्रममा पुस ३ गते सतुंगल खरिबोटस्थित आफ्नै डेराकोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्।  

सरिताका दाइ नवीन रुम्बा तामाङले पुस १ गते दिउँसो सरिताको हुलियासहित प्रहरी वृत्त थानकोटमा निवेदन दिएपछि प्रहीले खोजी थालेको थियो। त्यस क्रममा सतुंगल खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरको भुइँतलामा डेरा गरी बस्ने सरिता उनकै लो बेडमुनि मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सरिता नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा कक्षा १० मा पढ्थिन्।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी घटनामा संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नं. १४ खड्कागाउँस्थित डेरा कोठाबाट पुस ३ गते २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। उनको घर भने धादिङको गजुरी गाउँपालिकाकै वडा नं. ३ मा रहेको प्रहरीले जनाएको छ। 

एसपी अधिकारीका अनुसार पक्राउ गरिएका विश्वासको साथमा सरिताले बोक्ने गरेको रियलमी मोबाइल बरामद भएको छ।

‘के कति कारण हत्या गरियो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ’, एसपी अधिकारीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad