न्याय परिषद्ले उत्कृष्ट ठहरिएका दुई न्यायाधीशलाई पुरस्कृत गरेको छ।
न्याय परिषद्को ३४ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीश निर्मला शाक्य र पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनाल पुरस्कृत भएका हुन्।
परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनीहरूलाई सम्मानपत्र र दोसल्लासहित नगद पुरस्कार प्रदान गरेका हुन्।
न्याय परिषद दिवसका दिन उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूले न्याय सम्पादनमा गरेको योगदानलाई कदर गरी सम्मान एवं पुरस्कृत गर्ने चलन छ।
यसका लागि परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, परिषद् सदस्य रामप्रसाद भण्डारी सचिव यमबहादुर बुढामगर रहेको सिफारिस समिति गठन गरेको थियो।
Shares

प्रतिक्रिया