आज निधन भएका काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
काठमाडौँको चाक्सीबारी, ठमेलस्थित निवासमा सिंहलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा मानिसहरु भेला भएका छन्।
सिंहको निवासमै पुगेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोलसहितले श्रद्धाञ्जली अर्पण गरेका छन्।
सिंहको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। ८५ वर्षीय सिंह लामो समयदेखि अल्सरबाट पीडित थिए।
पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए।
२०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौँ महानगरपालिकाका मेयर बनेका थिए।
हेर्नुहाेस् तस्बिर
















प्रतिक्रिया