राजनीति


सरकारले कार्यशैली सुधार गरिरहेको छ, सुशासन मुख्य लक्ष्य : मन्त्री गुरुङ

सरकारले कार्यशैली सुधार गरिरहेको छ, सुशासन मुख्य लक्ष्य : मन्त्री गुरुङ

नेपालखबर
पुस १, २०८१ सोमबार १३:३४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने कुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्।

सोमबार काठमाडौँमा द राइजिङ नेपालको ५९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सुशासन कायम भए मात्रै राजनीतिक स्थिरता कायम हुने उनको धारणा थियो।

‘सुशासन कायम गर्ने कुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो,’ उनले भने, ‘सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ। सरकारको स्थिरता पनि कायम हुन्छ। सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ। राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरूमा एकता कायम हुनुपर्‍यो। अहिले कांग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ। भ्यागुताको धार्नी पुर्‍याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ। सुशासन आजको मुख्य एजेन्डा हो। पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेन्डा हो। जनतासँग रेस्पोन्सिभ हुनुपर्‍यो नि। जनतासँग रेस्पोन्सिभ ढंगले काम गरिरहेका छौँ।’

मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको दाबी पनि गरे। 

आजको आवश्यकताअनुसार ऋण सहायता लिनुपर्ने उनको धारणा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad