समाज


मानव बेचविखन मुद्दामा फरार व्यक्ति इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ

मानव बेचविखन मुद्दामा फरार व्यक्ति इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १७:४६, काठमाडौँ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईबाट पक्राउ परेका छन्।

रूकुम पश्चिम आठबिसकोट नगरपालिका ५ ठेगाना भएका निराजन नेपालीलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

एनसीबी अवुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई उक्त मुद्दामा कारवाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको हो।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते रेड नोटिस जारी भएको थियो।

उनलाई सम्बन्धित कसूर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad