काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकीको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको छ।
ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए।
उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंसिर २५ गते गोताखोरले फेला पारेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा बिपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको थियो।
6
Shares

प्रतिक्रिया