समाज


कोरोना भाइरसबाट २१ वर्षीया स्पेनी फुटबल कोचको मृत्यु

कोरोना भाइरसबाट २१ वर्षीया स्पेनी फुटबल कोचको मृत्यु

नेपालखबर
चैत ३, २०७६ सोमबार १७:५४,

कोरोना भाइरसका कारण २१ वर्षीया स्पेनी फुटबल कोच फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ।

फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्ठ टोलीको प्रबन्ध गरेका थिए। भाइरसको गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएका उनलाई डाक्टरहरूले रक्त क्यान्सर पनि भएको पत्ता लगाएका डेली मेलले जनाएको छ।

तर उनको तत्काल मृत्युको कारण भने कोरोना भाइरसको संक्रमण नै रहेको बताइएको छ। यो भाइरस संक्रमणबाट मृत्यु हुने अहिलेसम्मका उनी विश्वकै सबैभन्दा कान्छो व्यक्ति भएको विश्वास गरिएको छ।

spaini2

चीनको वुहानबाट सुरु भएको यो भाइरसको संक्रमणबाट पाँच हजार बढीले ज्यान गुमाइसकेका छन्।

यूरोपका खासगरी इटाली, फ्रान्स, स्पेन लगायतका देशमा कोरोना भारइसको संक्रमण तीब्र गतिमा फैलिइरहेको छ। भाइरस संक्रमण रोकथामका लागि प्रयत्न गरिरहेको स्पेनले गत हप्ता आपतकालीन अवस्था घोषणा गरेको थियो।

स्पेनमा भाइरस संक्रमणबाट सोमबारसम्म मर्नेको संख्या ३ सय २९ पुगेको छ। ९ हजार १ सय ९१ जना संक्रमित भएका छन्। यूरोपमा इटली, फ्रान्सपछि कोरोना भाइरसको कारण सबैभन्दा बढी स्पेन प्रभावित बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .