समाज


अपडेट: मध्यराति रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका ८ जनाको मृत्यु, ५ घाइते (नामावली)

अपडेट: मध्यराति रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका ८ जनाको मृत्यु, ५ घाइते (नामावली)

दुर्घटनामा परेकाे स्कार्पिओ


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ९:२५, काठमाडौँ

बाराको गढिमाई मेलाबाट सिराहा फर्किंदै गरेका यात्रु सवार स्कार्पिओ गएराति रौतहटमा दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँचजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार-लमाहा सडक खण्डमा गएराति सवार १ बजे बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। 

बाराको गढिमाई मेलाबाट सिराहा घरतर्फ फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए। 

‘मध्यराति तीव्र गतिको कारण स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको देखिन्छ,’ इन्सपेक्टर महतोले नेपालखबरसँग भने, ‘सडकबाट तल खसेपछि स्कार्पिओ रुखमा ठोक्किँदा धेरै मानवीय क्षति भएको हाे।’  

दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका- ३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव छन्।

दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन्। 

इन्सपेक्टर महतोका अनुसार केही घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन्। गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ। 

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरीका कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी कुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

तीव्र गतिको स्कार्पिओ आफैँ अनियन्त्रित भई रोड भन्दा दाहिने साइडको रुखमा ठोकिँदा दुर्घटना भएको राईले बताए। घटनास्थल चन्द्रनिगाहपुरबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ। 

मृतकको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad