ग्लोबल


इजरायलद्वारा सिरियाका कैयौँ सैन्य अखडामा दर्जनौँ हमला

इजरायलद्वारा सिरियाका कैयौँ सैन्य अखडामा दर्जनौँ हमला

इजरायली हवाई हमलामा दमास्कस्थित कार्यालयहरूलाई पनि निशाना बनाइएको छ।


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार ९:३९, काठमाडौँ

सिरियाली सञ्चारमाध्यमका अनुसार इजरायलले सिरियाको राजधानी दमास्कसलगायत देशका विभिन्न क्षेत्रमा अवस्थित धेरै सैन्य अखडामा दर्जनौँ हवाई हमला गरेको छ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले सिरियाली सैन्य लक्ष्यमा सयभन्दा बढी आक्रमण भएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलले रासायनिक हतियार उत्पादन गर्ने संदिग्ध अनुसन्धान केन्द्रमा पनि आक्रमण गरेको छ। 

इजरायलले असद सरकारको पतन पछि "हतियारहरू अतिवादीहरूको हातमा पर्न नदिन" आक्रमण गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad