समाज


रवि लामिछानेबारे आयोगको चासो, एआईजी तामाङसँग लियो जानकारी

रवि लामिछानेबारे आयोगको चासो, एआईजी तामाङसँग लियो जानकारी

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १७:१५, काठमाडौँ

राष्ट्रिय मानव अधिकारी आयोगले रवि लामिछानेको विषयमा प्रहरीका उच्च अधिकारीसँग जानकारी लिएको छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट रातारातमा कास्की लगिएको विषयमा आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका उच्च अधिकारीहरूसँग आज थप जानकारी लिएको हो।

जानकारी लिने क्रममा आयोगका  सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको बताएका छन्।

आयोगले यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझ्ने बताएको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोख्रेलले एक विज्ञप्ति जारी गरी अनुसन्धानलाई निरन्तर जारी राखेको जनाएका छन्।  

रविकी श्रीमती निकिताले रविलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको दाबी गर्दै आयोगमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad