कला


चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर

चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १७:१८, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा १२ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले बालविवाह कानूनले प्रतिबन्ध लगाइकेको भएपनि समाजमा अझै भइरहेको बताए। बालविवाह रोक्नको लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने उनको धारणा थियो।

अध्यक्ष मगरले सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने बताए।

उनले भने, ‘बालविवाह कानुनले प्रतिबन्ध लगाइसक्यो। कानुनले प्रतिबन्ध लगाइसके पनि समाजमा चलिरहेको छ। कतिपय कुराहरू सामाजिक परम्पराअनुसार पनि हुन्छ। समाजमा रोकिएको छैन तर कानूनले प्रतिबन्ध लगाइसकेको छ। हामीले चलचित्रहरुमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैल्याउनु पर्छ। सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले नेपालको प्रत्येक घरमा एउटा चलचित्रको कथावस्तु रहेकाले कथा खोज्न संसार धाउनु नपर्ने उल्लेख गरे। उनले नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुयाउनुपर्ने दायित्व चलचित्र विकास बोर्डसामु रहेको उल्लेख गरे।

अध्यक्ष दाहालले अबको चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad