समाज


बाजुरामा जिप दुर्घटना ४ जना घाइते, २ को अवस्था गम्भीर

बाजुरामा जिप दुर्घटना ४ जना घाइते, २ को अवस्था गम्भीर

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १४:३३, काठमाडौँ

बाजुराको मार्तडीमा आज दिउँसो जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। 

घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१- ००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको हो। 

दुर्घटनामा घाइते भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १ घर भएकी ३१ वर्षीया गायत्री भट्ट र राधिका भट्टको अवस्था गम्भीर रहेको डीएसपी गिरीले जानकारी दिए। राधिका शिक्षा समन्वय एकाइ प्रमुख भट्टकी श्रीमती हुन्।

यस्तै चालक मोहनदेव भट्ट र कार्यालयका भान्से रमेश धामी पनि घाइते छन्। धामी बाजुराकै गाैमूलका हुन्। 

भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरकाे दर्शन गरेर फर्किँदै गरकाे गाडी दुर्घटनामा परेको हो। घाइतेहरूलाई उपचारको लागि बाजुरा जिल्ला अस्पताल लगिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad