समाज


दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १७:५५, काठमाडौँ

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य लिएको छ। गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालु आवमा करिब ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो।

आज आयोजित अस्पतालको २०औँ वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पु¥याउने लक्ष्य लिइएको जानकारी दिइयो। गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ।

त्यसअवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए।

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए।

साधारणसभाले अस्पतालका सचिव युद्धध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ। स्थापनाको ५१औँ वर्षमा रहेको अस्पताले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दैआएको छ।

अस्पतालले निजी क्षेत्रबाट चश्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चश्मा पसल सञ्चालन गर्दै आएको छ।

नेपालमा खेलकुद उत्सव छाइरहेको छः मन्त्री चौधरी
त्यसअवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय एकपछि अर्को महत्वपूर्ण प्रतियोगिता आयोजना भइरहेकाले नेपालको खेलकुद क्षेत्रमा उत्सव छाइरहेको बताए।

उनले मुलुकमा निरन्तर खेलकुद प्रतियोगिता भएपछि खेलकुद क्षेत्र र खेलाडीमा उत्साह र उमङ्ग बढेको धारणा व्यक्त गरे।

मन्त्री चौधरीले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी खेलाडीलाई रोजगारी र अन्य सुविधा दिन नकेकाकारण विदेश पलायन हुनेको सङ्ख्या चुनौतीका रुपमा बढिरहेको छ। अस्पतालले निःशुल्क औषधोपचार उपलब्ध गराइ यसलाई रोक्न सहयोग पु¥यान सक्छ।’

 आँखासहितका अस्पतालमा खेलाडीको उपचारमा सहज पहुँच हुन आवश्यक रहेको बताउँदै अस्पतालका आजीवन सदस्यसमेत रहेका मन्त्री चौधरीले कतिपय खेलाडीको बिमा नभएकाले खेलकुद क्षेत्रमा उज्ज्वल भविष्य भएका खेलाडी विदेशपलायन भइरहेको उल्लेख गरे।

आँखामा रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिन अपनाउन पर्ने सचेतना महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै मन्त्री चौधरीले नेपाल आँखा अस्पतालले सेवा प्रवाह र गुणस्तरमा धेरै सुधार ल्याएको भनी प्रशंसा गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad