काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टर जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले पावर प्लेमा बिनाविकेटको क्षति ४७ रन बनाएर खेलिरहेको छ।
६ ओभरको सामाप्तिमा सुदूरपश्चिमका ओपनर सैफ जैव २९ र विनोद भण्डारी १९ रनमा नटआउट छन्।
विकेटका लागि संर्घष गरिरहेको लुम्बिनीले पावरप्लेमै ५ बलर प्रयोग गरिसकेको छ।
30
Shares

प्रतिक्रिया