महान्यायाधिवक्ताको कार्यालयले प्रहरीले बरामद गरेको मास्क साझा स्वास्थ्य संस्था वा यस्तै सार्वजनिक निकायबाट बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बजारमा मास्कको अभाव देखाई कालोबजारी गर्न जम्मा पारिएको ठुलो परिमाणको मास्क आइतबार प्रहरीले बरामद गरेको थियो। बरामद मास्क कानुनी कारबाहीका क्रममा दशी प्रमाणका रुपमा पेश गर्दा बजारमा मास्कको अभाव भइरहने हुँदा बरामद मास्कहरुको मूल्य र नमुना सहितको अभिलेख एवं फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राख्न महान्यायाधिवक्ताको कार्यालयले भनेको छ।
यस्तै, बरामद मास्कहरुको हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य संस्था वा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिई सो रकम प्रहरीको धरौटी खातामा राख्न र धरौट रकम जफत गर्नसमेत महान्याधिवक्ताको कार्यालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
Shares

प्रतिक्रिया