समाज


फास्ट ट्रयाकको निर्माण सामग्री बोकेको टिपर पल्टिँदा चालकको मृत्यु

फास्ट ट्रयाकको निर्माण सामग्री बोकेको टिपर पल्टिँदा चालकको मृत्यु

दुर्घटनामा परेकाे टिपर


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १२:१६, हेटाैँडा

निर्माणाधीन तराई–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका–५ झाक्रीडाँडा नजिक मंगलबार बिहान  टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

मकवानपुर प्रहरीका अनुसार ना ८ ख २४३० नम्बरको टिपर हात्तिसुडेबाट फास्ट ट्रयाकको लागि ग्राभेल लोड गरेर जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब २५/३० मिटर तल खोल्सामा खसेको थियो। 

चालकको सोही टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए। 

उनका अनुसार मृतक चालक चितवन घर भएका करिब ४०/४२ वर्षीय सानु लो तामाङ रहेका छन्। 

घटनाको जानकारी प्राप्त हुनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad