त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदैछ।
समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ। समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए।
उनका अनुसार समारोहमा यसपटक १४ हजार ३०७ विद्यार्थी दीक्षित हुँदै छन्। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ।
समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म उत्तीर्ण भएका विद्यार्थी दीक्षित हुन लागेका हुन्।
समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिनेछ। उनले प्रमुख अतिथिको टुंगो लाग्न बाँकी रहेको बताए।
1.6k
Shares

प्रतिक्रिया