समाज


बढ्यो जाडो, देशका ३ ठाउँमा तापक्रम माइनसमा झर्‍यो (सूची)

काठमाडौँमा आज बिहान यो वर्षको अहिलेसम्मकै चिसो
बढ्यो जाडो, देशका ३ ठाउँमा तापक्रम माइनसमा झर्‍यो (सूची)

सुनसरीको इनरुवा नगरपालिका-४ मा बुधबार बिहान लागेको हुस्सु। तस्बिरः नवीन गड्तौला/रासस


नेपालखबर
मंसिर १९, २०८१ बुधबार १९:१२, काठमाडौँ

देशभर दिनप्रतिदिन तापक्रम घट्दो र जाडो बढ्दो छ। 

यसै क्रममा मौसम पूर्वानुमान महाशाखाको सूचीअनुसार आज (बुधबार) देशका तीन स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको छ। 

महाशाखाको विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम -५.५ डिग्री सेल्सियसमा झरेको छ।

यसैगरी मुस्ताङको जोमसोममा न्यूनतम तापक्रम -२.० डिग्री सेल्सियसमा झरेको छ भने दोलखाको जिरीमा न्यूनतम तापक्रम -०.४ डिग्री सेल्सियसमा झरेको छ। 

अधिकतम तापक्रम भने जुम्लामा १८.४, जोमसोममा १६.० र जिरीमा १८.९ डिग्री सेल्सियस छ। 

मौसम महाशाखाको रेकर्डअनुसार आज देशभरमा सबैभन्दा कम तापक्रमको चौथो नम्बरमा काठमाडौँ परेको छ।

आज काठमाडौँमा न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ। यो काठमाडौँका लागि यो वर्षको आजसम्मकै कम तापक्रम हो।काठमाडौँमा आज अधिकतम तापक्रम भने १९.८ डिग्री सेल्सियस छ। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण-

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसरी न्यूनतम तापक्रमले रातिको तथा अधिकतम तापक्रमले दिनको जाडो जनाउँछन्।

यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको छ। अत: चिसो बढ्दै गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad