विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमणबाट हंगेरीमा पहिलोपटक मृत्यु भएको छ।
बीबीसीका अनुसार कोरोना संक्रमणबाट हंगेरीका ७५ वर्षीय व्यक्तिको मृत्यु भएको हो। यो कोरोनाबाट हंगेरीमा भएको पहिलो मृत्यु हो।
हंगेरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ पुगेको छ भने शंकास्पद १५९ जनालाई आइसोलेसेनमा राखिएको छ।
कोरोना संक्रमण फैलिएपछि हंगेरीका सबै स्कुल बन्द गर्नाका साथै एकै ठाउँमा मानिसको जमघट तथा भिड गर्न प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।
प्रतिक्रिया