ad ad

समाज


सडक बनाउँदै गरेका दुई डाेजरमा मध्यराति आगजनी

सडक बनाउँदै गरेका दुई डाेजरमा मध्यराति आगजनी

नेपालखबर
चैत ३, २०७६ सोमबार २:३३,

अज्ञात समूहले गए राति म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेको छ।

क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको डोजर र ब्याकुहोलोडरमा आइतबार मध्यराति आगजनी भएको हो।

आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिए।

प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए। आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको कम्पनीका सञ्चालक सोमनाथ थकालीले बताए। आगजनीबाट एक करोडभन्दा बढीको क्षति भएको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर सडक कालोपत्रे गर्न गत जेठमा ठेक्का लागेको थियो।

म्याग्दीमा यसअघि गत साउनमा बेनी नगरपालिका–५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा आगजनी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .