त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला कोकिनसहित पक्राउ परेकी छन्।
सशस्त्र प्रहरी बल र विमानस्थल भन्सार कार्यालयको टोलीले आइतबार साँझ साढे ५ बजे ६ किलो ८४० ग्राम कोकिनसहित कतारबाट आएकी महिलालाई पक्राउ गरेको हो।
कतारबाट कतार एयरवेजमा आएकी केन्याकी चिलियन केरुवो ओगिटो पक्राउ परेकी हुन्।
विमानस्थलमा चेकजांचको क्रममा वाक थ्रु गेटको एक्सरे मेसिनमा जाँच गर्दा उनले पोलार डलभित्र हाते झोलामा राखेर ल्याएको अवस्थामा काकिन फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
132
Shares

प्रतिक्रिया