बागमती


हेटौंडा १२ को मतगणना केहीबेरमा हुने, सर्वदलीय बैठक सुरु

हेटौंडा १२ को मतगणना केहीबेरमा हुने, सर्वदलीय बैठक सुरु

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १९:२२, काठमाडौँ

हेटौंडा उपमहानगरपालिका–१२ को मतगणना केहीबेरमा सुरु हुने भएको छ।

मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको। सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल मतदाता ८ हजार ५३ जना रहेकोमा ६८‍.०८ प्रतिशत मत खसेको हो। ५ हजार ४८३ मत खसेको हो।

दुईवटा मतदानकेन्द्र रहेको यस वडामा प्रतिभा आधारभुत माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा  पुरुष १ हजार ३७२ महिला १ हजार ६३६ र अन्य १ गरि ३ हजार १३ मत खसेको छ भने विष्णु मावि स्थित मतदान केन्द्रमा पुरुष १ हजार १८३ महिला १ हजार २९१ गरि २ हजार ४७४ मत खसेको छ।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीका ललित घलान अध्यक्षमा निर्वाचित भएका थिए। घलान जिसस मकवानपुरमा निर्वाचित भएपछि रिक्त रहेको वडाअध्यक्ष पदमा आइतबार (आज) उपनिर्वाचन गरिएको हो।

वडाअध्यक्ष पदका लागि ९ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका हुन्। केहीबेरमा सुरु हुने मतगणनाको नतिजा आजै राति आउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad