समाज


काठमाडौं १६ मा मतगणनाको तयारी (तस्बिरहरू)

काठमाडौं १६ मा मतगणनाको तयारी (तस्बिरहरू)

सरोज बैजु
मंसिर १६, २०८१ आइतबार १९:४४, काठमाडौँ

स्थानीय तहको आइतबार सम्पन्न उपचुनाव अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर १६ को मतगणना आजै सुरु हुने भएको छ।

सो को लागि मतपेटिका संकलन भइसकेको छ भने अहिले ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको हो।

महानगरपालिकाको वडामध्येकै ठूलो सो वडामा २४ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ। सबै केन्द्रमा गरेर १० हजार ५ सय ३९ मत खसेको छ।
सो वडामा २१ हजार २५ मतदाता थिए।

२०७९ वैशाखमा भएको स्थानीय तहको सो वडाबाट निर्वाचित मुकुन्द रिजालको मृत्यु भएपछि आइतबार उपचुनाव भएको हो।

सो वडामा नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad