समाज


बंगालको खाडीमा विकसित चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

तराईमा हुस्सु र कुहिरो, २ प्रदेशका केही ठाउँमा हल्का हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०८१ आइतबार ६:५२, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसैगरी बंगालको खाडीमा विकसित चक्रवात ‘फेनजल’ कोसमेत आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यतिबेला (आइतबार बिहान) देशभरको मौसम मुख्यतया सफा छ। तर, तराई भूभागका केही स्थानमा भने अहिले हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोसी र मधेससहित गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।

आज राति पनि कोसी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। 

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला सोमबार र मंगलबारको मौसम? 

२०८१ मंसिर १७ गते सोमबार

दिउँसोː कोसी, मधेस गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर १८ गते मंगलबार

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ। 

रातिː देशभर मौसम मुख्यतया सफा रहने छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad