समाज


अछाममा चौकी प्रमुखले हाने आफैँलाई गोली, नेपालगञ्जमा उपचार हुँदै

अछाममा चौकी प्रमुखले हाने आफैँलाई गोली, नेपालगञ्जमा उपचार हुँदै

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १५:३९, काठमाडौँ

अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै छातिमा गोली प्रहार गरेका छन्। प्रहरी चौकी भैरवस्थानका प्रमुख समेत रहेका किसनबहादुर चन्दले बिहीबार राति साढे ९ बजेतिर गोली प्रहार गरेका हुन्।

आफैँले बोकेको पेस्तोलबाट छातिको बाँया भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।

घटनाको सूचना पाएलगतै डीएसपी भण्डारीसहितको टोली घटनास्थलमा पुगेर उनलाई उपचारका लागि सुर्खेततर्फ पठाएका थिए।

राति सवा २ बजेतिर सुर्खेत लगे पनि उनलाई त्यहाँबाट नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो।

शुक्रबार बिहान सवा ७ बजेदेखि असई चन्दको नेपालगञ्ज मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ।

घटनाको छानबिनको लागि प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको डीएसपी भण्डारीले नेपालखबरसँग बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad