समाज


प्रहरी अस्पतालका चार एसपी एसएसपीमा बढुवा सिफारिस

प्रहरी अस्पतालका चार एसपी एसएसपीमा बढुवा सिफारिस

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार २१:४२, काठमाडौँ

नेपाल प्रहरी अस्पतालमा कार्यरत चार जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फ बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए।

बढुवा सिफारिस हुनेमा डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा सुवर्ण कुँवर रहेका छन्। त्यहाँ कार्यरत चार जना एसएसपी डीआईजीमा बढुवा भएपछि एसएसपी पद रिक्त भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad