समाज


पुस ११ र १२ गते काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन’

पुस ११ र १२ गते काठमाडौंमा ‘नेपाल स्वास्थ्य सम्मेलन’

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १७:२४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो पुस ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।

सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ।

सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ।

प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूथीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवद्र्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताए।

कार्यक्रममा काठमाडौंमा रहेका दुई सय जना र काठमाडौं बाहिरका आठ सय जना गरी करिब एक हजार जना स्वास्थ्य क्षेत्रका विज्ञ र स्वास्थ्य सरोकारवालाहरूको सहभगिता रहने अनुमान गरिएको छ।

सम्मेलनबारे जानकारी दिँदै मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भने, ‘सम्मेलनको आयोजना स्वास्थ्य मन्त्रालयले गरेपनि अरु पनि हामीसँग सहकार्य गरिरहनु भएको छ। अन्य कुनैपनि संस्थाले हामी पनि यो इभेन्टमा पार्टनरसिप गर्न चाहन्छौं भनेर आउनुभयो भने स्वागत गर्दछौं। यसमा हामीले हेल्थमा योगदान दिनसक्ने डायस्पोरालाई नै टार्गेट गरेका हौं।’

उनले थपे, ‘अर्को, हेल्थ केयर अथोरिटिजहरु, पोलिसी मेम्बर्सहरु (देशभित्र रहनुभएका वा अन्यत्रबाट आउनुभएका), अन्य सामाजिक विसकासका क्षेत्रमा काम गरिरहेका संस्था र संचारकर्मी साथिहरुलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरेका छौं । सम्मेलनपछि हामीले मेडिकल डायस्पोरा अथवा स्वास्थ्य क्षेत्रमा डायस्पोरा इन्गेजमेन्टको हामीले वृद्धि गर्नसक्ने अपेक्षा लिएका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad