समाज


कोरोना भाइरसः बेलायतमा मृतकको संख्या दोब्बरले बढ्यो

कोरोना भाइरसः बेलायतमा मृतकको संख्या दोब्बरले बढ्यो

नेपालखबर
चैत २, २०७६ आइतबार ७:३६,

शनिबारसम्म बेलायतमा कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो। आइतबारसम्म आइपुग्दा त्यहाँ मृतकको संख्या २१ पुगेको बीबीसीले जनाएको छ।

बेलायती सरकारका स्वास्थ्य सल्लाहकारका अनुसार एकै दिनमा दश जनाको मृत्यु भएको हो।

हाल बेलायतमा कोरोनाबाट संक्रमितको संख्या ११ सय ४० पुगेको छ। बेलायतमा हालसम्म ३७ हजार ७४६ जनाको कोरोनाको परीक्षण भइसकेको छ।

हाल विश्वभर १ लाख ५६ हजार ९१० जना कोरोनाबाट संक्रमित छन्। ५ हजार ८३९ को मृत्यु भइसक्दा ७५ हजार ९३७ उपचारपछि स्वस्थ बनेका छन्।

कोरोना भाइरसको उद्गमस्थल चीनमा हालसम्म ८० हजार ८४९ जना संक्रमित छन्। त्यहाँ ३१ सय ९९ को मृत्यु भइसकेको छ। पछिल्लो समय चीनमा कोरोनाबाट संक्रमित र मृतकको दर घट्दै गएको छ।

यस्तै चीनपछि कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त मुलुक इटलीमा कोरोना संक्रमितको संख्या २१ हजारभन्दा बढी पुगेको छ।

आइतबारसम्म इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार १५७ पुगेको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन्। यस्तै त्यहाँ मृत्यु हुनेको संख्या १४ सय ४१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad