कायम मुकायम परराष्ट्र सचिवको जिम्मेवारी पाएका परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले आफ्नो कार्यभार सम्हालेका छन्। उनले सोमबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका हुन्।
मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले राईलाई कायममुकायम सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो।राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर उनलाई उक्त जिम्मेवारी दिइएको थियो।
मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हाली सकेका राई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि समेत भएका थिए।
72
Shares

प्रतिक्रिया