हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुराँ सञ्चालक पक्राउ

हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुराँ सञ्चालक पक्राउ

हङकङ भन्सारले अवैध बाटोबाट फुटबलको प्रत्यक्ष प्रसारण गर्ने २ रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ (ह्यान्डआउट)


नेपालखबर
मंसिर १०, २०८१ सोमबार १४:५६, हङकङ

हङकङको तुङचुङ रेस्टुराँमा स्ट्रिम प्रयोग गरी अवैध तरिकाले विदेशी फुटबल खेल प्रसारण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

अनधिकृत स्ट्रिमिङ उपकरणहरू प्रयोग गरी फुटबलको प्रत्यक्ष प्रसारण गरेको भन्दै भन्सार अधकारीहरूले आइतबार साँझ रेस्टुराँका  सञ्चालकलाई पक्राउ गरेका हुन्।

भन्सारले छापा मार्ने क्रममा २७ वर्षीय रेस्टुराँका म्यानेजर र ५७ वर्षीय कर्मचारीलाई पक्राउ गरेको छ। यसका साथै अधिकारीहरूले अवैध स्ट्रिमिङ उपकरणहरू र अडियो-भिजुअल तथा नेटवर्क उपकरणहरू पनि बरामद गरेका छन्। यी सामानको मूल्य लगभग १८ हजार हङकङ डलर रहेको बताइएको छ।

रेस्टुराँभित्र धेरै टेलिभिजन सेट पनि फेला परेका छन्। अधिकारविनै प्रतिलिपि अधिकार भएका फुटबल खेललाई सार्वजनिक कास्ट गरिएकोले यस सम्बन्धमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्। थप मानिस पक्राउ पर्न सक्नेतर्फ उनीहरूले संकेत गरे।

सपिङ मलको भुइँ तल्लामा रहेको उक्त रेस्टुराँमा ८० देखि सय जना मानिस अट्न सक्ने व्यवस्था छ। जहाँ, अल्कोहलजन्य पेय पदार्थ पनि उपलब्ध गराइन्छ। राति अबेरसम्म सञ्चालन हुने यस रेस्टुराँमा खाइपिइका साथै फुटबल खेलहरू हेर्न सक्ने व्यवस्था मिलाइएको देखिन्छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .