आइतबार यस वर्षयताकै कम भएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबार (आज) थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो। हिजो आइतबार यो तापक्रम ८.२ डिग्री सेल्सियस थियो।
यस्तै आज देशभरमै सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४.७ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको विवरणमा उल्लेख छ।
मौसमविद्का अनुसार अहिले देशैभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)-


मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
Shares

प्रतिक्रिया