समाज


कालीमाटीको सडकमा मध्यराति जब एक युवकले महिलाको शव फालेर हिँडे...

कालीमाटीको सडकमा मध्यराति जब एक युवकले महिलाको शव फालेर हिँडे...

नेपालखबर
मंसिर १०, २०८१ सोमबार ५:५१, काठमाडौँ

मध्यरातमा महिलाको शव बोकेका एक युवकले केही पर सडक छेउमा लगेर फाल्छन्। त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन्। 

उक्त दृश्य सीसीटीभी फुटेजमा कैद हुन्छ। अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ। अनुसन्धानमा खटिएका प्रहरीले सीसीटीभी फुटेजकै आधारमा शव फ्याँक्ने युवक पक्राउ गर्छन्। 

प्रायः फिल्मीमा देखिने र सुनिने यो घटना यसपटक काठमाडौँको कालीमाटीमै भएको छ। 

यही मङ्सिर ७ गतेको घटना विवरण आइतबार सार्वजनिक भएपछि सबै चकित छन्। 

सीसीटीभीमा देखिएको उक्त दृश्यपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको हो। 

हत्यापछि काठमाडौँ महानगरपालिका–१३ संगितकारमार्ग स्थित सडक छेउमा फालिएकी महिला जानुका सुर्खेती भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले उक्त घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार हिजोमल्ललाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो। उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको छ। 

अनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ। उनले महिलाको शव बोकेर फाल्ने समयमा लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो। उनलाई त्यही अवस्थामा भेटिएको जिसीले जानकारी दिए।

मल्लले सीसीटीभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरीसमक्ष स्वीकार गरेका छन्। हाल महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन। प्रहरीका अनुसार  महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad