समाज


नेपाल प्रहरीको कार्य विभागमा एआईजी गुरुङ, ढकाललाई प्रदेश समन्वय

नेपाल प्रहरीको कार्य विभागमा एआईजी गुरुङ, ढकाललाई प्रदेश समन्वय

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १९:११, काठमाडौँ

नेपाल प्रहरीको कार्य विभागको जिम्मेवारी अतिरिक्त महानिरीक्षक (एआईजी) बुद्धिराज गुरुङले पाएका छन्। यसअघि कार्य विभागमा कार्यरत एआईजी रामदत्त जोशी अवकास भएपछि रिक्त भएको थियो।

उक्त स्थानमा बिहीबार बढुवा भएका एआईजी गुरुङलाई पदास्थापन गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो। उनीसँगै बढुवा भएका एआईजी केदार ढकालको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ।

ढकाल यसअघि पनि सोही विभागमा कार्यरत थिए। श्यामलाल ज्ञवालीको अवकासपछि रिक्त स्थानमा किरण राणालाई बढुवा गरिएको थियो। तर उनी बढुवा भएको भोलिपल्टै अवकास भएकी थिइन्।

नेपाल प्रहरीका एआईजीहरु टेकबहादुर तामाङ अपराध अनुसन्धान विभागमा, मानव स्रोत विभागमा भिमप्रसाद ढकाल, प्रसाशन विभागमा टेकप्रसाद राई, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दीपक थापा र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी कार्यरत छन्।

प्राविधिक तर्फ प्रहरी अस्पतालमा एआईजी सुन्दरप्रसाद ह्योजु कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad