बागमती


१११ औं दिनमा मन्त्रालय पाएका मन्त्री श्रेष्ठले गरे ११ औं दिनमा पदभार ग्रहण

१११ औं दिनमा मन्त्रालय पाएका मन्त्री श्रेष्ठले गरे ११ औं दिनमा पदभार ग्रहण

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १९:१६, हेटौंडा

बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरमा रहेको भवनमा मन्त्रालय राखेर पदभार ग्रहण गरेका हुन्।

मन्त्रीको सपथ खाएको १११औँ दिनमा मन्त्रालय पाएका सहकारी मन्त्री श्रेष्ठले मन्त्रालयको नाम पाएको ११ औं दिनमा पदभार ग्रहण गरेका हुन्।

गत साउन ९ गते उनी बिनाविभागी मन्त्री बनेका थिए। गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले उनलाई दिइने मन्त्रालयको टुंगो लगाएको थियो।  

प्रदेशमा रहेको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिबी निवारण मन्त्रालय विभाजन गरेर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको हो। पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन्।

बागमती प्रदेशमा गरिबीको रेखामुनी रहेका जनसंख्या र परिवार एकिन गरी उनीहरूको जीवनस्तर उकास्न र आत्मानिर्भर बनाउनका लागि विशेष कार्ययोजना तर्जुमा गर्ने तथा सहकारी क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सहकारी महाशाखाले कार्ययोजना पेश गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

मन्त्री श्रेष्ठले कार्यभार सम्हाल्दै कर्मचारीहरुले जनताको सेवक भएर काम गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad