समाज


रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १३:९, काठमाडौँ

रसुवाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। 

कालिका गाउँपालिका १ ग्राङबाट करिब २ किलो सुनसहित गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। 

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा फेला परेको हो। 

लामाले दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको फेला पारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रसुवा प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad