भारतीय राज्य छत्तीसगढको माओवादी प्रभावित सुक्मा जिल्लामा भएको भिडन्तमा प्रहरीले १० संदिग्ध माओवादी मारिएको दाबी गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुठभेड अझै जारी छ।
प्रहरीले मृतकको संख्या बढ्न सक्ने बताउँदै घटनास्थलबाट ठूलो परिमाणमा हतियार बरामद गरिएको जनाएको छ।
छत्तीसगढमा यो वर्ष जनवरीदेखि अहिलेसम्म विभिन्न भिडन्तका घटनामा दुई सयभन्दा बढी संदिग्ध माओवादी मारिएको प्रहरीले दाबी गरेको छ।
57
Shares

प्रतिक्रिया