काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी सम्बन्धी कसुरमा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाको शहिदलखन गाउँपालिका–१ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं २ बस्ने गोपाल थापा रहेका छन्।
थापाले जाहेरवालाको चन्द्रागिरी नगरपालिका–२ बाडभञ्ज्याङको कित्ता नं. २४४ को क्षेत्रफल ०–५-२-२ र किनं ४९९ को क्षेत्रफल ०-२-१-० को जग्गा नबिल बैंकको खातामा रु ९५ लाख जम्मा गरिदिएको छु, भनि रकम जम्मा गरेको पैसा नभएको डिपोजिट स्लिप समेत देखाई जग्गा राजिनामा पास गरी ठगी गरी फरार भएका प्रहरीले जनाएको छ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजतलास गरेको थियो। त्यसक्रममा मंसिर ५ गते बबरमहलबाट पक्राउ गरेको हो।
निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया