सेन्सेईको दसैँ, तिहार र छठ पर्व योजना अन्तर्गत भाग्याशाली विजेतालाई ६५ इन्चको टीभी हस्तान्तरण गरिएको छ।
सेन्सेईको ३२ इन्च टीभीको खरिदमा सिन्धुली निवासी कोमल बहादुर खत्रीले ६५ इचनको टीभी लक्की ड्र मार्फत प्राप्त गरेका छन्।
यहि दसैँ, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरि ‘उत्सव खुसीयाली घर भित्र्याऔं सेन्सेई यसपाली’ योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई सो टीभी हस्तान्तरण गरेको हो।
चौधरी ग्रुप अन्तर्गतरहेको सेन्सेई ब्रान्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपालभरी सिमित अवधिका लागि लागू गरेको थियो।
यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भर्न आग्रह गरेको थियो।
चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ।
आगामी दिनमा पनि ग्राहकवर्गको चाहनाहरूलाई ध्यान राख्दै सेन्सेई ब्रान्डले यस्ता योजनाहरू ल्याइराख्ने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया