समाज


सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फामा धर्ना

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फामा धर्ना

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १६:१३, काठमाडौँ

सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका एन्फाका एकेडेमीका फुटबलरका अभिभावकले अखिल नेपाल फुटबल संघ (एन्फा) अघि धर्ना दिएका छन्।

एन्फाको लापरवाहीका कारण आफ्नो सन्तान गुमाएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित एन्फाका एकेडेमीका ६ जना फुटबलरले गत असोज १२ गते पहिरो परेर ज्यान गुमाएका थिए। उक्त पहिरोमा परी ज्यान गुमाएका ६ फुटबरमध्ये पाँच जनाका अभिभावले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानको ज्यान गएकाले उनीहरूमाथि कारबाही गर्न राज्यका सबै संयन्त्रले चासो नदेखाएका आरोप लगाएका छन्।

पीडित परिवारले आफूहरूले एन्फालाई विश्वास गरेर आफ्नो बच्चाहरू सुम्पिए पनि एन्फाको  लापरवाहीका कारण आफ्नो सन्तानले ज्यान गुमाएको आरोप लगाएका छन्।

पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता लगायतमा घटनाको निष्पक्ष छानबिनका लागि ज्ञापन बुझाउँदा पनि न्याय नपाएको दुखेसो पोखेका छन्।

उनीहरूले सिस्नेरी घटनामा प्रत्यक्ष दोषी देखिएका व्यक्तिलाई नै छानबिन समितिमा राखेर थप पीडा थपेको आरोप लगाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थी राखेका थियो।

कुलेखानीको बाध फुट्नसक्ने भन्दै त्यहाँबाट अन्यत्र जाने क्रममा सिस्नेरीको पहिरोमा परी हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी, साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad