समाज


भारतीय सेनाध्यक्षलाई जंगीअड्डामा सम्मान गारद, टुँडिखेल पुगेर गरे श्रद्धाञ्जली अर्पण

भारतीय सेनाध्यक्षलाई जंगीअड्डामा सम्मान गारद, टुँडिखेल पुगेर गरे श्रद्धाञ्जली अर्पण

नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको छ। तस्बिरहरूः नेपाली सेना


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १२:११, काठमाडौँ

नेपालको ५ दिने औपचारिक भ्रमणमा आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको छ। बिहीबार बिहान उनलाई नेपाली सेनाले सम्मान गारद प्रदान गरेको हो। 

त्यस्तै उनले सैनिक मञ्च टुँडिखेलमा पुगेर वीर स्मारिकामा श्रद्धाञ्जली अर्पण समेत गरेका छन्। बुधबार अपराह्न काठमाडौँ आएका द्विवेदीले आजै नेपाली समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा द्विपक्षीय वार्ता समेत गर्नेछन्। 

उनले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा समेत प्राप्त गर्नेछन्।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad