राजनीति


मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै: गृहमन्त्री लेखक

अबको २० महिनापछि देउवा प्रधानमन्त्री बन्ने दाबी
मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै: गृहमन्त्री लेखक

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १२:१३, धनगढी

गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्।

उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएकाे दाबी गरे। 

आज धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।

उनले भने- दुई दलकाे सरकार भएकाले मन्त्री हेरफेर गर्दा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्ताे छलफल भएकाे छैन।

उनले २०८४ सम्म याे गठबन्धन कायम रहने दाबी गर्दै अबकाे १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधननमन्त्री बन्ने बताए। 

प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा दुई दलबीच खटपट भएकाे छ नि भन्ने सञ्चाररकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलकाे विषयलाई ठूलो बनाएर बेकारको हल्ला चलाएको दाबी गरे। 

उनले भने- एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छाैँ, २०८४ काे निर्वाचनसम्म सहज मिलेर जान्छाैँ।

नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेकाे बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेकाे उल्लेख गरे।

उनले भने- प्रधानमन्त्रीकाे चीन भ्रमणकाे मिति तय भइसकेकाे छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ।

सुरक्षा गाेष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गाेष्ठीमा प्रदेश सुरक्षाकाे समीक्षा गरिएकाे बताए। उनले अब नयाँ कार्ययाेजनासहित शान्ति सुरक्षा कायम हुने दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad