समाज


प्रहरी वरिष्ठ नायब निरीक्षकमा ३२ जना बढुवा सिफारिस (नामसहित)

प्रहरी वरिष्ठ नायब निरीक्षकमा ३२ जना बढुवा सिफारिस (नामसहित)

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार २३:१२, काठमाडौँ

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवाका लागि ३२ जनाको नाम सिफारिस भएको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।

मंगलबार साँझ प्रकाशित सूचीअनुसार भरतबहादुर चन्द पहिलो नम्बरमा सिफारिस भएका छन्। त्यसपछि क्रमशः यम बहादुर साउद, महेन्द्रप्रसाद काफ्ले, पीताम्बर आचार्य, सृजना खड्का, हेमराज पन्त, किरण प्रसाद थपलिया, रामसिंह साउद, टेकसिंह कार्की र भरत रेग्मी छन्।

त्यस्तै विश्वराम बस्नेत, जयराम थापा, वसन्तराज भुसाल, कृष्णप्रसाद सापकोटा, ताराकृष्ण काफ्ले, शिवप्रसाद निरौला, समुद्रकेशर पन्त पनि बढुवा सिफारिस भएका छन्।

मोहनबहादुर बम, सीताकुमारी सिंह, सुमन दाहाल, रमेश पन्थी, फणिकान्त सिलवाल, विनोदसिंह राठौर, बद्री खड्का, प्रकाश केसी, जनार्दन कोइराला, दिग्गज ठकुराठी र सरस्वती खरेल पनि बढुवाका लागि सिफारिस भएका छन्। 

खेमानन्द पंगेनी, जयसिंह गुरु, धनबहादुर खड्का र कृष्णदेव भट्टको नाम पनि बढुवा सिफारिस भएको प्रहरी प्रधान कार्यालयले प्रकाशित सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad