समाज


जुम्लाको न्यूनतम तापक्रम झन्डै माइनस ४ मा झर्‍यो, काठमाडौँमा पनि घट्यो

जुम्लाको न्यूनतम तापक्रम झन्डै माइनस ४ मा झर्‍यो, काठमाडौँमा पनि घट्यो

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
मंसिर ३, २०८१ सोमबार १७:३४, काठमाडौँ

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। 

यस क्रममा आज (सोमबार) जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ४ डिग्री सेल्सियसमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज जुम्लामा न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियसमा झरेको हो। त्यहाँ आजको अधिकतम भने २० डिग्री सेल्सियस छ। 

यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि आइतबारभन्दा घटेको छ।

महाशाखाको तथ्यांकअनुसार आइतबार यहाँ न्यूनतम तापक्रम १२.२ रहेकामा आज घटेर १०.५ डिग्री सेल्सियसमा झरेको हो।

आज उपत्यकाको अधिकतम तापक्रम भने आइतबारको जत्ति नै २१.५ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ।

हेर्नुहोस् देशभरको अधिकतम र न्यूनतम तापक्रमको सूची-

 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र सार्वजनिक हुनेछ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad