राजनीति


सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच समन्वयात्मक बैठक : यी विषयमा भयो छलफल

सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच समन्वयात्मक बैठक : यी विषयमा भयो छलफल

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १७:३६, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागुऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि शुरु भएको समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गरेका थिए।

एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए।

यसअघि सातौं समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो। हरेक वर्ष आयोजना हुँदै आएको बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका प्रमुखबीच सीमा सुरक्षाबारे छलफल हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad