वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिलकुमार लामा रहेका छन्।
लामाविरुद्ध ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरी परेको थियो।
त्यसको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका–५
लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले बताएको छ।
228
Shares

प्रतिक्रिया